काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको खराब कर्जा औसत ९.७८ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तसम्म ५१ वटा लघुवित्त वित्तीय संस्थाको खराब कर्जा विश्लेषण गर्दा औसत खराब कर्जा अनुपात ९.७९ प्रतिशत देखिएको हो ।
उपलब्ध विवरणअनुसार सबैभन्दा बढी खराब कर्जा सञ्जीवनी लघुवित्तको रहेको छ । उक्त संस्थाको खराब कर्जा अनुपात १०० प्रतिशत पुगेको छ । त्यसपछि मातृभूमि लघुवित्तको २६.६१ प्रतिशत, स्वस्तिक लघुवित्तको २३.५८ प्रतिशत, नेष्डो समृद्ध लघुवित्तको २०.६६ प्रतिशत र धौलागिरी लघुवित्तको २०.५२ प्रतिशत खराब कर्जा रहेको छ ।
त्यस्तै, नेरुडे मिर्मिरे लघुवित्तको खराब कर्जा १९.८६ प्रतिशत, युनिक नेपाल लघुवित्तको १९.४३ प्रतिशत, विजय लघुवित्तको १७.३७ प्रतिशत, मेरो माइक्रोफाइनान्स लघुवित्तको १७.३२ प्रतिशत र जनउत्थान लघुवित्तको १७.१४ प्रतिशत रहेको छ ।
फरवार्ड लघुवित्तको खराब कर्जा १६.१७ प्रतिशत, वीन नेपाल लघुवित्तको १६.१२ प्रतिशत, नाडेप लघुवित्तको १५.३६ प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको १४.०४ प्रतिशत रहेको छ । गणपति लघुवित्तको १३.७९ प्रतिशत, समता घरेलु लघुवित्तको १३.२२ प्रतिशत, एनएमबी लघुवित्तको १३.१० प्रतिशत र इन्फिनिटी लघुवित्तको १२.९२ प्रतिशत खराब कर्जा रहेको छ ।
राष्ट्र बैंकका अनुसार निर्धन उत्थान लघुवित्तको खराब कर्जा १२.८० प्रतिशत, सूर्योदय वोमी लघुवित्तको १२.५८ प्रतिशत, एनआईसी एसिया लघुवित्तको १२.४० प्रतिशत, लक्ष्मी लघुवित्तको ११.९३ प्रतिशत, सम्पदा लघुवित्तको ११.८७ प्रतिशत र महिला लघुवित्तको ११.३५ प्रतिशत, सृजनशील लघुवित्तको ११.२६ प्रतिशत, स्वाभिमान लघुवित्तको १०.८३ प्रतिशत, आत्मनिर्भर लघुवित्तको १०.७८ प्रतिशत खराब कर्जा रहेको छ ।
यस्तै, उपकार लघुवित्तको ९.९७ प्रतिशत, मिथिला लघुवित्तको ९.८९ प्रतिशत र कालिका लघुवित्तको ९.७८ प्रतिशत, उन्नति सहकार्य लघुवित्तको ९.३९ प्रतिशत, हिमालयन लघुवित्तको ९.०४ प्रतिशत, स्वावलम्बन लघुवित्तको ८.९२ प्रतिशत, ग्लोबल आईएमई लघुवित्तको ८.७० प्रतिशत, मानुषी लघुवित्तको ८.६० प्रतिशत, आशा लघुवित्तको ८.५७ प्रतिशत, अभियान लघुवित्तको खराब कर्जा ७.४१ प्रतिशत, स्वरोजगार लघुवित्तको ६.६५ प्रतिशत, डिप्रोक्स लघुवित्तको ६.४९ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको ६.०१ प्रतिशत खराब कर्जा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, महुली लघुवित्तको ५.८७ प्रतिशत, जीवन विकास लघुवित्तको ५.३३ प्रतिशत, सामुदायिक लघुवित्तको ४.८९ प्रतिशत, ग्रामीण विकास लघुवित्तको ४.८७ प्रतिशत, नेसनल माइक्रोफाइनान्स लघुवित्तको ४.१६ प्रतिशत र आरएसडीसी लघुवित्तको ३.९२ प्रतिशत, सानाकिसान र गुराँस लघुवित्तको खराब कर्जा समान २.९६ प्रतिशत, फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको २.८८ प्रतिशत, छिमेक लघुवित्तको २.३० प्रतिशत र सपोर्ट लघुवित्तको २.१६ प्रतिशत खराब कर्जा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार लघुवित्त वित्तीय संस्थाहरूले निष्क्रिय कर्जालाई कमसल, शंकास्पद र खराब कर्जामा वर्गीकरण गरी क्रमशः २५, ५० र १०० प्रतिशत नोक्सानी व्यवस्था कायम गरेका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सुरक्षित कर्जाको हकमा भने उक्त व्यवस्थाको २५ प्रतिशत नोक्सानी व्यवस्था कायम गरिएको छ । पुनर्संरचना वा पुनर्तालिकीकरण गरिएको कर्जाका लागि समेत राष्ट्र बैंकले तोकेबमोजिम नोक्सानी व्यवस्था कायम गरिएको जनाएको छ ।
असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जाका लागि कुल कर्जा रकमको ५.७९ प्रतिशत बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । सो अवधिसम्म लघुवित्त वित्तीय संस्थाहरूले ३७ अर्ब १९ करोड रुपैयाँ बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरेका छन् । उक्त रकम कुल बाँकी कर्जाको ६.९६ प्रतिशत र निष्क्रिय कर्जाको ७१.२० प्रतिशत बराबर रहेको छ ।
