टियागो ईभी किन्दा अफर, ४.३ लाख डाउनपेमेन्टमै घर लैजान सकिने

काठमाडौं । टाटा मोटर्सको नयाँ टियागो ईभी नेपाली बजारमा विशेष ‘जोयफुल विक’ अफरसहित उपलब्ध भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ टियागो ईभी लक्षित गर्दै सीमित अवधिको यो अभियान सञ्चालन गरेको हो ।

सेप्टेम्बर १९ देखि २६ सम्म चल्ने अभियानमा ग्राहकले ४.३ लाख रुपैयाँ डाउनपेमेन्टमै नयाँ टियागो ईभी घर लैजान सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ‘एक्सचेन्ज, अपग्रेड, सेलिब्रेट’ भन्ने नारासहित सञ्चालन गरिएको अभियानको उद्देश्य पुरानो गाडी साटेर नयाँ विद्युतीय गाडीमा अपग्रेड गर्न चाहने ग्राहकलाई थप सहज र आकर्षक सुविधा उपलब्ध गराउनु हो ।

अभियानअन्तर्गत नयाँ टियागो ईभी बुकिङ गर्ने प्रत्येक ग्राहकले आकर्षक उपहार प्राप्त गर्नेछन् । साथै, पुरानो गाडी एक्सचेन्ज गर्दा बेस्ट एभर एक्सचेन्ज भ्यालुएसन को सुविधा पनि दिइने कम्पनीले जनाएको छ ।

यस अवधिमा गाडी खरिद गर्ने ग्राहकले निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर र निःशुल्क होम चार्जिङ इन्स्टलेसन जस्ता अतिरिक्त सुविधा पनि पाउनेछन् ।

टाटा टियागो ईभी आधुनिक डिजाइन, सहज विद्युतीय ड्राइभिङ अनुभव र दैनिक प्रयोगका लागि उपयुक्त विशेषताका कारण नेपाली बजारमा लोकप्रिय विद्युतीय मोडलमध्ये एक मानिन्छ ।

कम्पनीका अनुसार इच्छुक ग्राहकले देशभर रहेका टाटा मोटर्सका आधिकारिक शोरुममा पुगेर टियागो ईभीको टेस्ट ड्राइभ गर्न, विस्तृत जानकारी लिन र उपलब्ध अफरको लाभ उठाउन सक्नेछन् । यो अभियान सेप्टेम्बर २६ सम्म मात्रै सञ्चालन हुनेछ ।

Share News