सुपर हेवा पावरले ३.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडले सेयरधनीलाई ३.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सञ्चालक समितिको असोज २ गते बसेको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २५ गते काठमाडौं सानोभर्याङस्थित बुद्ध प्यालेस पार्टी भेन्यूमा बिहान ११:३० बजे १६औँ वार्षिक साधारण सभा बोलाएको छ । 

सभामा गत आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा सोही आर्थिक वर्षको लेखापरीक्षणसहितको वार्षिक वित्तीय विवरण पारित गर्नेछ । 

त्यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

यसैगरी, सभाबाट सञ्चालक समिति गठन गर्ने प्रस्ताव रहेको छ । चार जना सञ्चालकको निर्वाचनसमेत साधारण सभामार्फत गरिने कम्पनीले जनाएको छ ।

Share News