काठमाडौँ जिल्ला अदालतबाट करिब ५ लाखसहित बिचौलिया पक्राउ

काठमाडौँ । काठमाडौँ जिल्ला अदालत परिसरबाट एक जना बिचौलिया पक्राउ परेका छन् । उनी ४ लाख ८० हजार रुपैयाँसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका ६ का अजय थापा रहेका छन्। उनले लागूऔषध मुद्दामा थुनामा रहेका बिमल घलेलाई छुटाइदिने भन्दै उक्त रकम लिएका थिए।

बिमललाई थुनछेक बसहका लागि शुक्रबार इजसालसमक्ष पेश गरिएको थियो। उनलाई छुटाइदिने भन्दै रकम लिएको अवस्था थापा जिल्ला अदालतको परिसरबाट पक्राउ परेका हुन्। उनीसँगै पैसा लिएर आउने नुवाकोटको विदुर नगरपालिका ९ का हरिराम गिरी पनि पक्राउ परेका छन्।

Share News