काठमाडौं । बझाङमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको भने छ जना घाइते भएका छन् ।
दुर्घटनामा परी केदारस्युँ गाउँपालिका ७ का गोपाल धामी र पवित्रा धामीको मृत्यु भएको छ ।
घाइते हुनेहरूमा केदारस्युँ गाउँपालिका– ७ का ४५ वर्षीय प्रेमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी, २२ वर्षीया रेखा धामी, ४२ वर्षीया शारदा धामी जाग्री र ४२ वर्षीय रामकुमार जाग्री रहेका छन् ।
उनीहरूको जिल्ला अस्पताल, बझाङमा उपचार भइरहेको छ ।
केदारस्युँ गाउँपालिका– ७, भामचौरनजकि बागथलातर्फ गइरहेको से ००१ च ४३७६ नम्बरको जीप बुधबार (आज) बिहान दुर्घटनामा परेको हो । जीपमा चालकसहित १२ जना रहेका थिए ।
जीपको ब्रेक फेल भई सडकबाट करिब १०० मिटर तल खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बझाङले जनाएको छ ।