काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
शुक्रबार (आज) बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
श्रेष्ठ यसअघि प्राधिकरणको कायममुकायम कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । त्यसअघि उनी प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक थिए ।
श्रेष्ठले प्राधिकरणमा लामो समयदेखि प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आएका छन् ।
रुद्रसिंह तामाङलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय