काठमाडौं । किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौं उनीसँग धरौटी मागेपछि बुझाउन नसक्दा कारागार चलान भएका हुन् ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाले अदालतले मागे बमोजिम धरौटी बुझाउन नसक्दा कारागार चलान भएका हुन् । उनका अनुसार २२ लाख धरौटी माग गरेको थियो ।
केहीदिन अघिमात्र उनलाई प्रहरीले सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरेर निस्केपछि हनुमान थानबाट पक्राउ गरेको थियो ।
उनीविरुद्ध काठमाडौं र भक्तपुर विभिन्न प्रहरी प्रभाग तथा वृत्तमा बैंकिङ कसुरसहित ठगीको मुद्दामा प्रहरीले अनुसन्धान गर्न नियन्त्रणमा लिएको थियो ।