काठमाडौंमा १ केजी सुनसहित भारतीय पक्राउ

सांकेतिक तस्विर

काठमाडौँ । काठमाडौँको भेडासिंहमा १ केजी ४ सय ग्राम अवैध सुनसहित एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार भारतीय नागरिक माणिक दास एक केजी चार सय ग्राम सुन र गहनासहित पक्राउ परेका हुन् ।

कार्यालयका अनुसार उक्त सुन अवैध रहेको जनाएको छ । उनको साथबाट ७ लाख ५० हजार नगद समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

Share News