प्रधानमन्त्री राहत कोषमा गुरु रिम्पोछेले दिए डेढ करोड

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गुरु रिम्पोछेले एक करोड ५० लाख रुपैयाँ सहयोग गरेका छन् ।

गुरु रिम्पोछेले बिहीबार (आज) शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त रकमको चेक हस्तान्तरण गरे । 

रकम प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा जम्मा गरिने जनाइएको छ ।

रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि राहत तथा पुनःस्थापनाका लागि योगदान पुर्याउने उद्देश्यले सहयोग गरिएको गुरु रिम्पोछेले बताए ।

सोही अवसरमा गुरु रिम्पोछेले आफ्नो पुस्तक ‘जोए अफ लाइफ’समेत शिक्षामन्त्री पोखरेललाई हस्तान्तरण गरेका थिए ।

Share News