काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ६२५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।