काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको नतिजा आज सार्वजनिक गर्ने भएको छ ।
आन्तरिक राजस्व विभागका अनुसार लाजिम्पाटस्थित विभागको सभाहलबाट विजेताको घोषणा गरिनेछ । विभागले कार्यक्रमको प्रत्यक्ष घोषणा कार्यक्रममा सञ्चारकर्मीलाई उपस्थित हुन अनुरोध गरेको छ ।
यसअघि भोटेकोशी बाढीका कारण भदौ १६ गतेका लागि तय गरिएको उपहार घोषणा कार्यक्रम स्थगित गरिएको थियो ।
विभागका अनुसार आज भदौ महिनाका ३३ जना विजेताको नाम सार्वजनिक गरिनेछ । तीमध्ये ३१ जनाले जनही १ लाख रुपैयाँ र २ जनाले बम्पर उपहार प्राप्त गर्नेछन् ।