काठमाडौं । राष्ट्रियस्तरको कल्याणकारी कोषको सचिवालयले बोनस वितरणपछि बाँकी रहने रकम समयमै कोषमा जम्मा गर्न उद्योग तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएकाे छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत राष्ट्रियस्तरको कल्याणकारी कोषको सचिवालयले बोनस ऐन, २०३० बमोजिम बोनस वितरण गरेपछि निजी उद्योग तथा प्रतिष्ठानले बाँकी रहने ३० प्रतिशत रकम राष्ट्रियस्तरको कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने जनाएको हो ।
त्यस्तै, बोनस वितरणपछि सरकारी प्रतिष्ठानले बाँकी रहने ८० प्रतिशत रकमसमेत राष्ट्रियस्तरको कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार सम्बन्धित उद्योग तथा प्रतिष्ठानले उक्त रकम समयमै नेपाल राष्ट्र बैंकमा रहेको कोषको खातामा जम्मा गर्नुपर्नेछ।
रकम जम्मा गरेपछि त्यसको जानकारी राष्ट्रियस्तरको कल्याणकारी कोषको सचिवालयमा गराउनसमेत सम्बन्धित उद्योग तथा प्रतिष्ठानलाई अनुरोध गरिएको छ ।