जीडब्ल्यूएमका ओरा ५ र ट्यांक ३०० लाई अन्तर्राष्ट्रिय अटोमोटिभ अवार्ड

काठमाडौं । डिजाइन, नवप्रवर्तन र अटोमोटिभ इन्जिनियरिङमा पहिचान बनाउँदै आएको जीडब्ल्यूएमका दुई मोडल ओरा ५ र ट्यांक ३०० ले २०२६ टोरिनो अटोमोटिभ डिजाइन अवाड्र्स (टीएडीए) मा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् ।

टीएडीए २०२६ अन्तर्गत ओरा ५ ले पारिवारिक कार विधामा ‘बेस्ट इन्टेरियर डिजाइन अवार्ड’ अर्थात् उत्कृष्ट आन्तरिक डिजाइन अवार्ड प्राप्त गरेको छ । 

यस्तै, ट्यांक ३०० ले प्रिमियम कार विधामा ‘बेस्ट टेक्नोलोजिकल इनोभेसन अवार्ड’ अर्थात् उत्कृष्ट प्राविधिक नवप्रवर्तन अवार्ड जितेको छ ।

यी दुई सम्मानले जीडब्ल्यूएमका फरक–फरक मोडलमा रहेको डिजाइन र प्रविधिगत क्षमतालाई उजागर गरेको कम्पनीले जनाएको छ । 

ओरा ५ ले आधुनिक र परिष्कृत विद्युतीय सवारीको डिजाइन प्रस्तुत गर्छ भने ट्यांक ३०० ले उन्नत प्रविधि, कठिन भूभागमा चल्न सक्ने क्षमता र बलियो इन्जिनियरिङको संयोजनलाई प्रतिनिधित्व गर्छ ।

पारिवारिक कार विधामा उत्कृष्ट आन्तरिक डिजाइन अवार्ड प्राप्त गरेको ओरा ५ को भित्री भाग आराम, प्रविधि र दैनिक प्रयोगलाई केन्द्रमा राखेर डिजाइन गरिएको छ ।

आधुनिक डिजाइनसँग प्रविधिमैत्री ककपिट, सहज कनेक्टिभिटी र यात्राको आरामलाई प्राथमिकता दिइएको यसको केबिनले नयाँ पुस्ताका विद्युतीय सवारीका बदलिँदा आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको छ ।

अन्तर्राष्ट्रिय सम्मानले ओरा ५ को डिजाइन अवधारणालाई थप स्थापित गरेको कम्पनीको भनाइ छ । 

यसमा आकर्षक स्वरूपसँगै व्यवहारिकता र प्रविधिलाई पनि समान महत्व दिइएको छ ।

प्रिमियम कार विधामा उत्कृष्ट प्राविधिक नवप्रवर्तन अवार्ड प्राप्त गरेको ट्यांक ३०० ले जीडब्ल्यूएमको प्रिमियम एसयूभी तथा कठिन भूभागमा चल्ने सवारीका लागि विकास गरिएको प्रविधिगत क्षमतालाई प्रस्तुत गर्छ ।

जीडब्ल्यूएमको ट्यांक ब्रान्डअन्तर्गत विकसित ट्यांक ३०० मा प्रिमियम एसयूभीका विशेषता, उन्नत अफ–रोड प्रविधि र बलियो इन्जिनियरिङलाई एकसाथ समेटिएको छ । 

टीएडीए २०२६ को सम्मानले यसको प्रविधिगत नवप्रवर्तन र इन्जिनियरिङ क्षमतालाई थप अन्तर्राष्ट्रिय पहिचान दिएको कम्पनीले जनाएको छ ।

ओरा ५ र ट्यांक ३०० ले प्राप्त गरेका यी दुई फरक सम्मानले जीडब्ल्यूएमको विश्वव्यापी उत्पादन विविधतालाई समेत देखाउँछन् । 

एकातर्फ ओरा ५ ले आधुनिक विद्युतीय सवारीको डिजाइन र स्मार्ट मोबिलिटीलाई प्रतिनिधित्व गर्छ भने अर्कोतर्फ ट्यांक ३०० ले प्रिमियम एसयूभीको प्रविधि र कठिन भूभागमा चल्ने क्षमतालाई प्रस्तुत गर्छ ।

नेपालमा समेत जीडब्ल्यूएमको उत्पादन विस्तार भइरहेको अवस्थामा यी अन्तर्राष्ट्रिय सम्मानले ब्रान्डको विश्वव्यापी डिजाइन र प्रविधिगत क्षमताबारे नेपाली बजारमा थप परिचय गराउने अपेक्षा गरिएको छ ।

नेपाली बजारमा विद्युतीय तथा प्रिमियम एसयूभी खण्डमा नयाँ मोडल विस्तार गर्दै आएको जीडब्ल्यूएमले विश्वस्तरीय अटोमोटिभ प्रविधि र डिजाइन नेपाली ग्राहकसम्म पुर्याउने दिशामा आफ्नो उपस्थिति बढाउँदै गएको जनाएको छ ।

नेपालमा जीडब्ल्यूएमको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले नेपाली ग्राहकका बदलिँदा आवश्यकता र अपेक्षालाई ध्यानमा राख्दै विभिन्न खण्डमा जीडब्ल्यूएमका मोडल विस्तार गरिरहेको छ ।

सहरी यात्राका लागि विद्युतीय सवारीदेखि कठिन भूभागका लागि सक्षम एसयूभीसम्म जीडब्ल्यूएमले डिजाइन, प्रविधि र ड्राइभिङ अनुभवका विभिन्न पक्षलाई समेट्दै आफ्नो विश्वव्यापी अटोमोटिभ उत्पादन दायरा विस्तार गरिरहेको छ ।

Share News