काठमाडौं । प्रधानमन्त्री राहत कोषमा रकम जम्मा हुने क्रम बढेसँगै कुल मौज्दात १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६ सय ६ रुपैयाँ पुगेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार कोषमा सङ्कलित रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा १० अर्ब ८ करोड ४३ लाख ८ हजार ५ सय १७ रुपैयाँ र दुई वटा वाणिज्य बैंकका खातामा २ करोड ३६ लाख १२ हजार ५ सय ९६ अमेरिकी डलर मौज्दात रहेको छ ।
यसअघि बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनरुत्थानका लागि कोषबाट १ अर्ब रुपैयाँ निकासा भइसकेको छ ।
उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत प्रभावित क्षेत्रमा पठाइएको हो ।