काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष योजना ‘ह्युन्डाई फेस्टिभ ड्राइभ २०८३’ घोषणा गरेको छ ।
कम्पनीका अनुसार योजनाअन्तर्गत हुन्डाई गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, स्क्र्याच कार्डमार्फत ५ लाख रुपैयाँसम्मको थप नगद छुट जित्ने अवसरसमेत कम्पनीले ग्राहकलाई दिएको छ ।
योजनामा गाडी खरिद गर्ने ग्राहकका लागि एक वर्षको निःशुल्क अटो प्लस बीमा र एक वर्षको निःशुल्क सडक करको सुविधा पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।
हुन्डाईका गाडीमा तीन वर्षको वारेन्टी तथा छ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।
‘हुन्डाई फेस्टिभ ड्राइभ २०८३’ भदौ २३ गतेदेखि लागू भएको हो ।
कम्पनीले दशैं, तिहार तथा छठको अवसरमा ह्युन्डाई गाडी खरिद गर्न चाहने ग्राहकलाई नजिकैको ह्युन्डाई शोरुममा पुगेर योजनामा सहभागी हुन आग्रहसमेत गरेको छ ।