किस्पाङ गाउँपालिकाका अध्यक्ष हिरासतमा , भोलि अदालतमा पेश गरिने

काठमाडौं । नुवाकोटस्थित किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परे । बैंकिङ कसुर मुद्दा दर्ता भएपछि उनी पक्राउ परेका हुन् ।

प्रहरी वृत्त दरबारमार्गमा दर्ता भएको मुद्दामा तामाङलाई पक्राउ गर्न वृत्तले अनुमति मागेकाले पक्राउ परेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले विकासन्युजलाई बताए । उनका अनुसार उनलाई हनुमानथानबाट पक्राउ गरिएको हो । 

दरबार मार्ग वृत्तमा परेको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् । तामाङले उजुरीकर्तालाई पाँच लाख ४५ हजार रुपैयाँ बुझाउन पर्ने थियो । पुरानो मुद्दा भएकाले अनुसन्धानको प्रक्रिया नटुंगिसकेकाले प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार तामाङलाई आज अदालतमा पेश गर्न समय भएन । उनी प्रहरी हिरासतमा रहनेछन् । भोलि अदालत खुलेपछि उनलाई अदालती प्रक्रिया लगिने छ। 

४३ वर्षीय तामाङ काठमाडौंको नयाँबजारमा ओसिन ट्रान्सपोर्ट एण्ड एडभेन्चर प्रालि नामक कम्पनी चलाउँथे ।

Share News