टीभीएस नेपालद्वारा दशैं लक्षित “टिभीएस गोल्डेन कि” योजना सार्वजनिक

काठमाडौं । नेपालका लागि टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले दशैं तथा चाडपर्वलाई लक्षित गर्दै विशेष उपभोक्ता योजना “टिभीएस गोल्डेन कि” सार्वजनिक गरेको छ । 

यस योजनाअन्तर्गत कुनै पनि टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकले १० लाख रुपैयाँसम्मको नगद छुट, गोल्डेन कि, वा खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याकमध्ये कुनै एक निश्चित पुरस्कार प्राप्त गर्नेछन् । 

निश्चित पुरस्कारका अतिरिक्त, दैनिक लक्की ड्रमार्फत हरेक दिन दुई जना ग्राहकहरूले ५ वर्षसम्मको निःशुल्क सर्भिस जित्ने अवसर पाउनेछन् । 

सवारीसाधन खरिदलाई अझ सहज र पहुँचयोग्य बनाउन जगदम्बा मोटर्सले नियम तथा सर्तहरूको अधीनमा रहने गरी सहज फाइनान्स सुविधा पनि उपलब्ध गराएको छ ।

योजनाको शुभारम्भमा जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले टिभीएस गोल्डेन किमार्फत ग्राहकहरूलाई अतिरिक्त मूल्य र दीर्घकालीन सेवा प्रदान गरी चाडपर्वलाई थप रोमाञ्चक बनाउने लक्ष्य राखिएको बताए ।

त्यसैगरी, कार्यकारी निर्देशक अखिल गुप्ताले ग्राहक केन्द्रित यस अभियानले नेपालभरका उपभोक्ताहरूका लागि टीभीएस सवारीसाधनको स्वामित्वलाई अझ सहज, आकर्षक र लाभदायी बनाउने विश्वास व्यक्त गरे ।

नेपालभर विस्तृत नेटवर्क र उत्कृष्ट ’आफ्टर-सेल्स सपोर्ट’का साथ सेवा दिँदै आएको जगदम्बा मोटर्सले अटोमोबाइल क्षेत्रको वृद्धिमा निरन्तर योगदान पुर्याउँदै आएको छ । 

Share News