काठमाडौं । धनुषाको सबैला नगरपालिका–८ (साबिक ठिल्ला गाउँ विकास समिति) का ३८५ परिवारले नापजाँच भएको करिब पाँच वर्षपछि जग्गाधनी पुर्जा पाएका छन् ।
नापी कार्यालय धनुषाले लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो । पुर्जा पाएसँगै उनीहरूले आफूले बसोबास गर्दै आएको जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् ।
नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक प्रक्रियामा स्थानीयको सहभागिता कम हुँदा पुर्जा वितरणमा ढिलाइ भएको थियो । आवश्यक प्रक्रिया पूरा भएपछि ३८५ थान जग्गाधनी पुर्जा वितरण गरिएको नापी कार्यालयले जनाएको छ ।
यसअघि सबैला नगरपालिकाका वडा नम्बर ४, ५, ६ र १० का ३ हजार २२६ परिवारलाई पनि जग्गाधनी पुर्जा वितरण गरिएको थियो ।