काठमाडौं । नागरिक लगानी कोषले महाशक्ति सिमेन्ट लिमिटेडको सेयर प्रत्याभूति (अन्डरराइटिङ) गर्ने भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सिमेन्ट कम्पनीका अध्यक्ष राजाराम खड्काबीच सम्झौता हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार महाशक्ति सिमेन्टले १०० अंकित मूल्यका १ करोड ७८ लाख ५० हजार ८५० रुपैयाँ कित्ता सेयर निष्कासन गर्न लागेको छ, जसको कुल रकम १ अर्ब ७८ करोड ५० लाख ८५ हजार ७ सय रुपैयाँ (१ अर्ब ७८ करोड ५० लाख ८५ हजार) बराबर रहेको छ ।
सम्झौता भएको मितिले ६ महिनाभित्र कम्पनीले उक्त सेयर निष्कासन गरिसक्नुपर्नेछ । यदि तोकिएको ६ महिनाको अवधिभित्र सेयर निष्कासन हुन नसकेमा पुनः नयाँ सम्झौता गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।