काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ मा कारोबार भएको थियो ।
यो साताको सुरुवात आइतबार सुनको मूल्य ३ लाख ७ हजार ४ सय रुपैयाँ पुगेको थियो । त्यसयता केही उतारचढाव आए पनि शुक्रबार सबैभन्दा ठूलो गिरावट देखिएको हो ।
चाँदीको मूल्य पनि शुक्रबार घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला २५५ रुपैयाँ सस्तो भएर ४ हजार ६ सय रुपैयाँ मा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८५५ रुपैयाँ थियो ।