काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ मा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । मंगलबारको तुलनामा चाँदी प्रतितोला ४० रुपैयाँ घटेर ४ हजार ७५० रुपैयाँ मा कायम भएको महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७९० रुपैयाँ रहेको थियो ।