सुन तोलामा ३ हजार ५ सय रुपैयाँ महँगियो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ मा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोला १ सय रुपैयाँ बढेर ४ हजार ७९० रुपैयाँ पुगेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६९० रुपैयाँ थियो ।  

Share News