काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि फलफूल र तरकारीको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार ठूलो नेपाली गोलभेडा र भारतीय ठूलो गोलभेडा प्रतिकेजी ८० रुपैयाँमा कारोबार भइरहेको छ । सानो टनेल गोलभेडा भने प्रतिकेजी ५५ रुपैयाँमा बिक्री भइरहेको छ ।
रातो गोलो आलु र रातो मुडे आलु प्रतिकेजी ४८ रुपैयाँ, रातो लाम्चो आलु ५२ रुपैयाँ, भारतीय रातो आलु ४० रुपैयाँ र सेतो आलु ३५ रुपैयाँ कायम भएको छ ।
तरकारीतर्फ बन्दा प्रतिकेजी २० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, लाम्चो भन्टा १५ रुपैयाँ, डल्लो भन्टा ३० रुपैयाँ, तने बोडी ६० रुपैयाँ र घिउ सिमी ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तितो करेला, लौका र भिण्डी प्रतिकेजी ४० रुपैयाँ, घिरौला २० रुपैयाँ, हरियो फर्सी ३० रुपैयाँ र पाकेको फर्सी ६० रुपैयाँ तोकिएको छ ।
सागपातमध्ये पालुङ्गो साग प्रतिकेजी १५० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ, रायोको साग ५० रुपैयाँ र हरियो प्याज १०० रुपैयाँमा बिक्री भइरहेको छ ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकेजी ३५० रुपैयाँ, मुस्ताङको स्याउ १३५ रुपैयाँ, नेपाली केरा प्रतिदर्जन १८० रुपैयाँ, मालभोग केरा १०० रुपैयाँ, कागती प्रतिकेजी ३५० रुपैयाँ, अनार २५० रुपैयाँ र हरियो तरबुजा ५० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।