काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुन प्रतितोला २ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
पछिल्ला केही दिनदेखि नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्दो क्रममा रहेको महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य पनि सोमबार घटेको छ । चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूले बताएका छन् ।