बाढीपीडितका लागि एमएडब्ल्यू ग्रुपको १ करोड ११ लाख सहयोग

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एमएडब्ल्यू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ ।

 एमएडब्ल्यू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले विपद्को कठिन घडीमा कम्पनी सधैँ राष्ट्र र नेपाली जनताको साथमा उभिँदै आएको बताए।

उनले देशलाई आवश्यक परेको समयमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी र चितवनलगायत जिल्लामा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । बाढीका कारण धेरै परिवारले घर, जीविकोपार्जनका साधन तथा आफ्ना आफन्त गुमाएका छन् ।

यस्तो विपद्को समयमा प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले एमएडब्ल्यू ग्रुपले रु १ करोड ११ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको हो ।

कम्पनीले आगामी दिनमा पनि नेपाल र नेपाली जनताको साथमा निरन्तर उभिने प्रतिबद्धतासमेत जनाएको छ ।

Share News