त्रिशुली बजारसम्म सडक सञ्चालनमा

काठमाडौं । बाढी तथा पहिरोका कारण अवरुद्ध भएको नुवाकोटको सडकखण्ड सञ्चालनमा आएको छ । गल्छी–त्रिशुली राजमार्गअन्तर्गत त्रिशुली पुल पारिबाट त्रिशुली नदीको दायाँ किनार हुँदै त्रिशुली बजारसम्मको सडक सञ्चालनमा आएको हो ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेसी हुँदै त्रिशुली बजारसम्म सडक सञ्चालनमा ल्याइएको हो ।

Share News