प्राधीरकणले भन्योः हेली आवश्यक नभएकाले वैकल्पिक सडक मार्ग प्रयोग गर्नू

सांकेतिक तस्विर

काठमाडौं । सरकारले हेली उद्धार आवश्यक नभएका व्यक्तिहरूलाई सडकमार्ग प्रयोग गर्न आग्रह गरेको छ।

विभिन्न वैकल्पिक सडकमार्गहरू सञ्चालनमा आउन थालेकाले सुरक्षित रूपमा सडकमार्ग प्रयोग गर्न सक्ने व्यक्तिहरूले हेली उद्धारको माग नगर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। 

उपलब्ध भएका वैकल्पिक सडकमार्गको प्रयोग गर्न प्राधीकरणले अनुरोध गरेको छ । वैकल्पिक मार्गहरूमा धादिङ जोड्ने मार्ग धादिङबेँसी–परेवादार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टारस्थित ह्याम्लेट रेष्टुरेन्टबाट पृथ्वी राजमार्गसम्म सञ्चालनमा रहेको छ।

त्यस्तै, रसुवा जोड्ने वैकल्पिक मार्ग विदुर–ढिकुरे–चौघडा–आपनज–लच्या–सरमथले–पाटिखर्क हुँदै बोगटीटारबाट पासाङल्हामु राजमार्गसम्म सञ्चालनमा आएको प्राधीकरणले जनाएको छ । कालिकास्थान–धुन्चे जाने बाटोमा चारचक्के साना सवारीसाधन सञ्चालन हुन सक्ने गरी सडक सुचारु भएको छ ।

सीमित साधन र स्रोतलाई अत्यावश्यक कार्यमा मात्र प्रयोग हुने वातावरण बनाउन सबै सरोकारवालालाई सहयोग गर्न प्राधीकरणले अनुरोध गरेको छ ।

Share News