एकैदिन सुनको मूल्य ९ हजार ५ सय रुपैयाँले घट्यो

काठमाडाैं । नेपाली बजारमा आइतबार (आज) सुन चाँदीको भाउमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले ओरालो लागेको हो ।

आज छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको तोलामा १८५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी तोलाको ४ हजार ९ सय ६५ रुपैयाँमा किनबेच भएको थियो ।

Share News