काठमाडौं । बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ भने अझै दुई हजार ४९८ जना सम्पर्कविहीन रहेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नदी किनारमा ६७५ जनाको शव भेटिएको छ। सबैभन्दा बढी चितवनमा २४६ जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ ।
यसैगरी, रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ५७, नवलपरासी पूर्वमा १६५, नवलपरासी पश्चिममा ६३ र तनहुँमा ३५ जनाको शव भेटिएको छ ।
भोटेकोशी बाढीपछि दुई हजार ४९८ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
सबैभन्दा बढी जलविद्युत् आयोजनामा कायरत ९३३ जना सम्पर्कविहीन छन् । उनीहरूको खोजी जारी रहेको प्राधिकरणले जनाएको छ ।