काठमाडौं । जबरजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय पाएका फरार कैदीलाई नेपाल प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ ।
प्रहरीका अनुसार ललितपुरको गोदावरी नगरपालिका–४ का २९ वर्षीय पुरुषोत्तम पहारीलाई शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ बुद्धचोकबाट पक्राउ गरिएको हो ।
उनी २०७५ असोज १४ गतेदेखि काठमाडौंको जगन्नाथदेवलस्थित कारागार कार्यालयमा कैद भुक्तान गरिरहेका थिए । तर २०८२ भदौ २४ गते भएको ‘आन्दोलन’ का क्रममा कारागारबाट फरार भएका थिए । त्यसबेला उनको १७ वर्ष ७ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
फरार भएपछि रुपन्देहीमा लुकीछिपी बस्दै आएका पहारीलाई प्रहरी टोलीले खोजी गरी पक्राउ गरेको हो। पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न कारागार कार्यालय रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ।