काठमाडौं । भोटेकोशीले बगाएर ल्याएको सेफबाट पैसा चोरी गर्ने व्यक्तिहरू पक्राउ परेका छन् । धादिङ जिल्ला प्रहरी कार्यालयका अनुसार सेफ फुटाएर पैसा चोरी गर्ने २९ जना पक्राउ परेका हुन् ।
धादिङको गल्छी गाउँपालिका ४ बेल्खुखोलास्थित त्रिशुली नदीको किनारमा फेला पारी सेफ तोडफोड गरी सेफ भित्र रहेको पैसा केही व्यक्तिहरूले आफूखुसी निकाली लगेका थिए । शुक्रबार सेफ फोडेर पैसा लगेको खबर आएपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो ।
प्रहरीले उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ फेला पारेको छ । पैसा चोरीमा संलग्न हुने अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बरामद नगद र नियन्त्रणमा लिएका व्यक्तिहरुलाई थप अनुसन्धान कार्य भइरहेको धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए ।
गत बुधबार बिहान रसुवामा आएको बाढीले सेफ बगाएको थियो । रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायतका स्थानमा ठूलो धनजनको क्षति गरेको छ ।
सेफ फोडेर चोरी गरेर यी हुन २९ जना ः

