नेपालमा बाढीको जोखिमबारे गुगलले दिने भयो तत्काल सूचना

काठमाडौं । गुगलले नेपालमा बाढी तथा अन्य प्राकृतिक विपद्को समयमा नागरिकलाई छिटो सूचना दिन नयाँ आपतकालीन सूचना सेवा सुरु गरेको छ ।

अब बाढी वा अन्य विपद्को जोखिम हुँदा गुगलको होमपेजमा ‘नेपाल फ्ल्यास फ्लड इमर्जेन्सी इन्फो एन्ड अपडेट्स’ भन्ने लिङ्क देखिनेछ ।

त्यो लिङ्कमा क्लिक गरेपछि प्रयोगकर्ताले बाढी प्रभावित क्षेत्रको नक्सा, बाढीको जोखिमबारे गुगलका अलर्ट र बाढीसँग सम्बन्धित ताजा समाचार एकै ठाउँमा हेर्न सक्नेछन् ।

गुगलले यो सेवा आपतकालीन अवस्थामा नागरिकलाई सही र छिटो सूचना उपलब्ध गराएर सचेत रहन सहयोग पुग्ने उद्देश्यले सुरु गरेको छ ।

Share News