रसुवा बाढीमा बेपत्ता भएका २७ प्रहरीको सूची सार्वजनिक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएका प्रहरी कर्मचारीको सूची नेपाल प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले सार्वजनिक गरेको सूचीअनुसार बाढीमा परेर २८ जना प्रहरी बेपत्ता भएका थिए । तीमध्ये एक जनाको शव भेटिएको छ भने अन्य २७ जना अझै बेपत्ता छन् ।

शव भेटिनेमा प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेल छन् । उनको शव सनाखत गरी आफन्तले बुझिसकेका छन् ।

अन्य २७ प्रहरी कर्मचारीको खोजी जारी रहेको नेपाल प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा प्रहरी जवानदेखि प्रहरी नायब निरीक्षक (सई) दर्जासम्मका कर्मचारी छन् ।

Share News