सञ्चालनमा आयो पृथ्वी राजमार्ग

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत गल्छी-मलेखु सडकखण्डमा थुप्रिएको लेदो पन्छाएसँगै राजमार्ग सञ्चालनमा आएको छ ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार सडकमा थुप्रिएको लेदो हटाएर पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको हो ।

राजमार्गमा अलपत्र परेका सवारीसाधनलाई समेत सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको मन्त्रालयले जनाएको छ । लेदो पन्छाउने र सडक खुलाउने कार्यलाई तीव्रता दिएसँगै पृथ्वी राजमार्गमा आवागमन पुनः सुरु भएको हो ।

मन्त्रालयले सडकखण्डमा थप सहज रूपमा यातायात सञ्चालनका लागि आवश्यक काम भइरहेको जनाएको छ ।

राजमार्गका विभिन्न खण्डमा लेदाे पन्छाउन निर्माण व्यवसायीका २५ भन्दा बढी हेभी इक्विपमेन्ट तथा यान्त्रिक उपकरण परिचालन गरिएको थियो ।

बाढीले राजमार्गको करिब १५ किलोमिटर सडक खण्डमा क्षति पुर्याएको छ । 

सडक स्तरोन्नतिको काममा प्रयोग भइरहेका निर्माण व्यवसायीका पिच प्लान्टलगायत उपकरणसमेत बाढीले बगाएको छ ।

Share News