काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी सिजन–५’ को फाइनलमा पुगेका छन् ।
चीनको सांघाईमा भएको प्रतिस्पर्धामा न्युजिल्यान्डका कासिब मर्डोकलाई पराजित गर्दै उनी फाइनल प्रवेश गरेका हुन् ।
तीन राउण्डको खेलमा स्प्लिट डिसिजनको आधारमा ढाँट विजयी भएका हुन् ।
उनले अब फाइनलमा र्यो ताजिमासँग खेल्नेछन् । ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै ढाँटसँगकाे भेट पक्का गरेका हुन् ।
फाइनल जितेमा ढाँट युएफसीका लागि छनोट हुनेछन् ।
ढाँटले मकाउमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमै टीकेओ (टेक्निकल नकआउट) मार्फत पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।