भर्खरै तिब्बतबाट आएको बाढी सानो छः अध्यक्ष तामाङ

सांकेतिक तस्विर

काठमाडौं । शुक्रबार तिब्बतबाट आएको बाढी ठूलो नभएको गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताएका छन् । 

'रसुवागढीमा ११ बजेर ५२ सेकेण्डमा पुगेर आएको बाढी सानो छ , उनले विकासन्युजसँग टेलिफोन संवादमा भने,’ ठूलो बाढी नभएकाले अहिले आत्तिनुपर्ने अवस्था आइसकेको छैन । तर सचेत भएर सुरक्षित स्थानमा बस्नुपर्छ ।'

उद्धार कार्यमा पनि तीव्र रुपमा भइरहेको उनले तामाङले बताए । हाइड्रोपावरको सुरुङमा फसेका कामदारलाई उद्धार गर्नुपर्ने मुख्य काम रहेको उनको भनाइ छ ।

'रसुवागढी हाइड्रोपावरमा फसेका कामदारलाई निकाल्न २ वटा ड्रोन प्रयोग गरिएको छ  । सय किलोको ड्रोन प्रयोग गरिएको छ,’ अध्यक्ष तामाङले भने,’ दुई वटा हाइड्रोपावरमा मानिस फसेका छन् । चाइनिज हाइड्रोपावर र रसुवागढी हाइड्रोपावरमा कामदार फसेका छन् ।'

बुधबार रसुवामा आएको बाढीले ठूलो धनजनको क्षति गरेको छ । नुवाकोट र धादिङ लगायतका जिल्लामा समेत मानवीय र भौतिक क्षति गरेको छ ।
 

Share News