काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाउँदा ४ सय ७७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणले ४ सय ७७ जनाको शव फेला परेको जनाएको छ ।
प्राधिकरणका अनुसार हालसम्म सम्पर्कविहिन ९७७ जना भएका छन् । घाइते ७३ जना रहेका छन् । रसुवामा ७३,धादिङ ३ र नुवाकोटमा २७ जना उपचाररत छन् ।
१५ हजार १०८ जना सुरक्षाकर्मी परिचालन रहेको प्राधीकरणले जनाएको छ । नेपाल प्रहरी ७ हजार २५०, नेपाली सेना ४ हजार २०० र सशस्त्र प्रहरी बल नेपाल ३ हजार ६५८ जना परिचालन रहेका छन् । ३ हजार २५३ जनालाई उद्धार गरिएको छ ।
बुधबार बिहान आएको बाढीले रसुवा, नुवाकोट र धादिङ तथा गोर्खामा क्षति पुर्याएको छ ।
