काठमाडौं । रसुवाको भोटेकोशीमा लेदोसहित पानीको बहाव बढेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणले भोटेकोशीमा पुनः लेदोसहितको पानीको बहाव बढेको जनाएको छ ।
प्राधीकरणले भोटेकोशी एवं त्रिशुली नदी किनारमा उद्धार तथा राहतमा खटिएका र विविध कारणले जोखिम क्षेत्रमा रहेका सबैलाई उच्च सर्तकता अपनाउन र जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानमा जान विशेष अनुरोध गरेको छ ।
बुधबार रसुवाको भोटेकोशीमा बाढी आएर ठूलो संख्यामा मानवीय क्षति भएको थियो । प्रहरीका अनुसार हालसम्म ४ सय ६९ जनाको शव फेला परेको छ ।
रसुवा, नुवाकोट र धादिङ तथा गोर्खामा क्षति पुर्याएको थियो ।