धादिङमा फुर्के खोलाको पुल भत्किएपछि वैकल्पिक बाटाको प्रयोग सुरू

सांकेतिक तस्विर

काठमाडौं । फुर्के खोलाको पुल भत्किएपछि धादिङमा आवतजावत गर्न वैकल्पिक राजमार्गको प्रयोग गरिएको छ ।
काठमाडौं लगायत देशभरका मुख्य- मुख्य सहरमा जोडिने राजमार्ग छोइने पुल भत्किएपछि वैकल्पिक राजमार्गहरूको प्रयोग गर्न थालिएको हो ।

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले फुर्के खोलाको पुल भत्किएपछि धादिङ प्रवेश गर्ने विभिन्न बाटो गर्न थालिएको बताइन । जिल्लामा खाद्य संकट नहोस, नागरिकको सहजता प्रदान गर्न र बिरामीका लागि अस्पतालसम्म पुग्न वैकल्पिक बाटाहाहरुको प्रयोग बढाइएको उनले जानकारी दिइन्।

उनका अनुसार धादिङ बजार आवतजावत गर्न गल्छीको पुल, सुनौलो बजार हुँदै गोर्खाको आरुघाटको बाटो प्रयोगमा ल्याउन थालिएको छ । जिल्लामा नागरिकलाई आवतजावतमा सहजता प्रदान गर्न वैकल्पिक बाटाहरू प्रयोगमा ल्याउन थालिएको उनको भनाइ छ ।

जिल्लादेखि बाहिर जानुपर्ने नागरिकलाई सहजताका लागि वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिएको उनले उल्लेख गरिन् ।

तिब्बतबाट भर्खर बाढी आएको सूचना आएपछि बाढी प्रभावित हुन सक्ने र जोखिममा रहेकालाई सुरक्षित स्थानमा सार्न थालिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताइन् ।

बुधबार रसुवामा आएको बाढीले नुवाकोट र धादिङमा क्षति गरेको थियो । सोही दिन आएको बाढीले धादिङको मुख्य सहर सदरमुकाम जोड्ने फुर्के खोलाको पुल भत्काएको थियो । 

Share News