नाटाले भन्योः मानवीय र सवारीसाधन क्षति भए जानकारी दिनू

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)ले रसुवामा आएको बाढीले बेपत्ता भएका मानिस र क्षति भएका सवारीसाधनको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । 

बुधबार बिहान रसुवामा आएको बाढीले ठूलो धनजनको क्षति भएको थियो । नेपाल पर्यटन बोर्डका अनुसार विभिन्न ट्राभल एजेन्सीहरूमार्फत यात्रामा रहेका कुल ३८४ जना यात्रुहरू ( २९१ विदेशी र ९३ नेपाली) सम्पर्कविहीन रहेका छन् ।

'कुनै पनि नाट्टा सदस्य कम्पनीहरूमार्फत गएका पर्यटकहरू वा कर्मचारीहरू सम्पर्कविहीन, कुनै मानवीय क्षति र सवारी साधनलगायत कुनै पनि प्रकारको भौतिक नोक्सानी भएमा नाट्टाको सचिवालयमा वा गुगल फारम भरी जानकारी गराउनु पर्नेछ,'नाटाले जारी विज्ञप्तिमा बताइएको छ ।

त्यसैगरी नाट्टाले विभिन्न टुर एण्ड ट्राभल्सबाट गएका पर्यटकको संख्या सार्वजनिक गरेको छ । स्मार्ट टुर एण्ड ट्राभल्स ७१, ट्रेकर्स सोसाइटी ९२, काठमाडौं होलिडे टुर एण्ड ट्राभल्स १७, रिचा टुर एण्ड ट्राभल्स १२, लिफ ट्राभल्स ५५, फिस्टेल एण्ड ट्राभल्स २७, कैलाश जोर्नी ३१, हिमालयन ग्लासियर ५२, एक्सपोल्र भ्याकेसन ७ र अल्पाइन इको ट्रेकबाट २० जना गएका थिए ।

यस्तै रोशा ट्राभल्स एण्ड टुर्सको ६३७३ नम्बर बसको चालक टिमुरेबाट भरत लामा सम्पर्कविहिन भएका छन् । हालसम्म लामा कसैको सम्पर्कमा नआएका नाटाका अध्यक्ष भरतजंग पाण्डेले जानकारी दिए । नाटाको टिमले सम्पर्क नभएका व्यक्तिहरूको खोजी गरिरहेको उनले बताए ।

बुधबार बिहान ९ बजे आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र  गोर्खामा क्षति पुर्याएको छ । नेपाल प्रहरीका अनुसार हालसम्म १ सय ६२ जनाको शव फेला परेको छ । २८ जना प्रहरीहरू सम्पर्कविहिन भएका छन् । 

null

Share News