रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ ।

समसामयिक राजनीतिक विषयमा साझा धारणा निर्माण तथा दलहरूबीच सहकार्यका विषयमा छलफल गर्न लामिछानेले बैठक बोलाएका हुन् ।

बैठकमा रास्वपा सभापति लामिछानेसहित नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेता महन्थ ठाकुरलगायत विभिन्न दलका शीर्ष नेताहरू सहभागी छन् ।

सर्वदलीय बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, राष्ट्रिय सरोकारका विषय तथा दलहरूबीच सहकार्य र साझा समझदारी निर्माणका विषयमा छलफल हुने बताइएको छ।

Share News