आज बिहानैदेखि हेलिकप्टरबाट उद्धार, प्रभावित क्षेत्रमा राहत पठाइँदै

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेरअघि सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेको उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने शिविरमा उपचार गर्ने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । 

मन्त्रालयकाका अनुसार गम्भीर घाइतेलाई तत्काल उद्धार गरी काठमाडौं ल्याउने तयारी गरिएको छ । घाइतेको अवस्थाअनुसार प्राथमिकताका आधारमा वर्गीकरण गरी उद्धार तथा उपचारको व्यवस्था मिलाइनेछ ।

यसैगरी, बाढी प्रभावितका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ ।

Share News