रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

फाइल तस्विर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षति, उद्धार र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । 

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक भोलि (बिहीबार) बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ । 

बैठकमा भोटेकोशी बाढीले पुर्याएको क्षति, बेपत्ताहरूको खोजी, प्रभावितहरूको तत्काल उद्धार, राहत सामग्री वितरण र दीर्घकालीन पुनस्र्थापनाका विषयमा केन्द्रित रहेर राजनीतिक दलहरूबिच छलफल हुनेछ ।

Share News