रसुवा बाढी अपडेट : १८ जनाको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं ।  रसुवाको बाढीमा परेर १८ जनाको मृत्यु भएको छ । बुधबार बिहान ९ बजे आएको बाढीमा परेर १८ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । 

रसुवामा १ जना पुरूष, नुवाकोटमा ३ जना महिला र ४ जना पुरूष गरी ७ जना, धादिङमा ३ जना महिला, २ जना पुरूष र १ जना पहिचान नखुलेको गरी ६ जना एवं गोरखामा २ जना पुरूष र २ जना पहिचान नखुलेको गरी ४ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

Share News