काठमाडौं । उच्च अदालत पाटनले प्रभु बैंकका म्यानेजर नन्दराज जोशीलाई रिहा गर्न आदेश दिएको छ ।
मंगलबार उच्च अदालत, पाटनले संयुक्त वाणिज्य इजलासका न्यायाधीश अर्जुन कोइराला र न्यायाधीश स्वीकृति पराजुलीको इजलासले १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
एक साताअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कर्जा प्रवाहमा कैफियत देखिएको प्रारम्भिक अनुसन्धानका आधारमा जोशीलाई प्रभु बैंकको कार्यालयबाटै पक्राउ गरेको थियो ।
एसियन भिलेज रिसोर्टलाई प्रवाह गरिएको करिब ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग गरेको आरोपमा प्रभु बैंकका म्यानेजर नन्दराज जोशी पक्राउ परेका थिए ।