शशिधर शर्मा २ करोड धरौटीमा रिहा

फाइल तस्विर

काठमाडौं । कर्जा दुरुपयोग आरोपमा एसियन भिलेज रिसोर्टका अध्यक्ष शशीधर शर्मा धरौटीमा रिहा भएका छन् । 

मंगलबार उच्च अदालत पाटनले संयुक्त वाणिज्य इजलासका न्यायाधीश अर्जुन कोइराला र न्यायाधीश स्वीकृति पराजुलीको इजलासले २ करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

गत असार ३० गते  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत कर्जा दुरुपयोग गरेको आरोपमा एसियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शर्मालाई पक्राउ गरेको थियो ।
नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागले २०८३ असारमा तयार गरेको विशेष स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको हो।

प्रतिवेदनअनुसार एसियन भिलेज रिसोर्ट प्रालिले रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि प्रभु बैंक लिमिटेडबाट ४८ करोड रुपैयाँ कर्जा लिएको थियो।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ निवासी हुन्। उनी एसियन भिलेज रिसोर्ट प्रालिका अध्यक्षसमेत हुन्।

Share News