स्रोत नखुलेको रकमसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषधको कारोबारी खोज्न जाँदा स्रोत नखुलेको रकमसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

सोमबार काठमाडौं महानगरपालिका १५ स्थित चमतीबाट ५२ वर्षीय मा यागुबीलाई ३१ लाख नगदसहित पक्राउ गरेको हो ।

यागुबी चौमतीमा घर भाडामा लिएर बस्दै आएका थिए । घर खानतलासी गर्दा कोठा भित्रबाट लागु औषध नभेटिएको तर स्रोत नखुलेको रकम भेटिएको प्रहरीले जनाएको छ ।

लागुऔषध ब्यूरोका प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार उनी हालसम्म ६ पटक नेपाल आएर फर्केको देखिन्छ । पछिल्लो पटक जुलाई २३, २०२६ मा आएको अध्यागमनको रेकर्डबाट देखिन्छ । उनलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।

यागुबीकाे साथबाट प्रहरीले नेपाली नगद ३१ लाख, पासपोर्ट थान १, सुन काट्न प्रयोग गरिने कैची थान १, 
ह्याम्मर थान १, डिजिटल तराजु थान १, क्यालकुलेटर थान १, विभिन्न कम्पनीका मोबाइल थान ४, एनआइएमबी बैँकको चेकबुक थान २ र  एनआइसी बैंकको चेकबुक थान १ बरामद गरेकाे छ ।

Share News