सम्पत्ति शुद्धीकरण कसुरमा कर्णलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा मनोज कुमार लाल कर्णलाई धरौटीमा छाड्न आदेश दिएको छ । 

मंगलबार न्यायाधीश नारायणप्रसाद पौडेल, न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र न्यायाधीश विदुर कोइरालाको इजालासले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

विशेष अदालत नियमावली २०८० को नियम ३० को उपनियम ( २)अदालतको आदेशमा धरौटी नबुझाएम थुनुवा पुर्जी थमाएर कारागारमा पठाउन आदेशमा उल्लेख गरिएको छ ।

कर्णले हिमालयन लाइफ इन्सुरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृतको पदमा कार्यरत रहँदा अन्य प्रतिवादीहरुसँगको मिलेमतोमा नेपाल रिइन्सुरेन्सको शेयरसमेत कर्नरिङ्ग गर्ने कार्यमा सहभागी भएको आदेशमा उल्लेख गरिएको छ । 

मूल्य उतारचढाव समेतको कसुरजन्य कार्यमा सहभागी भई व्यक्तिगत लाभ लिई हिमालयन लाइफ इन्सुरेन्सको विमा कोषको रकम दुरुपयोग गर्ने मनसायले रु। ७ करोड २२ लाख ४६ लाख ८५ हजार ९७४ रुपैयाँ बराबरको कारोबार मार्फत गैरकानुनी सम्पत्ति आर्जन गरेको आदेशमा बताइएको छ ।

Share News