काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूले साउनमा ४१ करोड बढी कमिसन आर्जन गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार साउनमा ९१ वटा धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूले कुल ४१ करोड २७ लाख ३६ हजार रुपैयाँ कमिसन आर्जन गरेका हुन् । यो कमिसन असार हिनाको तुलनामा ७.१६ प्रतिशत अर्थात् २ करोड ७६ लाख रुपैयाँ बढी हो । असरामा कुल ३८ करोड ५१ लाख ३० हजार रुपैयाँ कमिसन आर्जन गरेका थिए ।
नेप्सेले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनमा सबैभन्दा बढी कमिसन नासा सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ५८) ले आर्जन गरेको छ । उक्त कम्पनीले साउनमा ३ करोड ८२ लाख २४ हजार रुपैयाँ कमिसन आर्जन गरेको हो ।
यस्तै, सानी सेक्युरिटिज कम्पनी (ब्रोकर नं. ४२)ले १ करोड ४० लाख ३८ हजार रुपैयाँ, इम्पेरियल सेक्युरिटिज कम्पनी (ब्रोकर नं. ४५)ले १ करोड ३२ लाख ४८ हजार रुपैयाँ, भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४)ले १ करोड ३२ लाख १३ हजार रुपैयाँ र अनलाइन सेक्युरिटिज (ब्रोकर नं.४९)ले १ करोड ३१ लाख ४६ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।
त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नं. ४८)ले १ करोड २१ लाख २२ हजार रुपैयाँ, दीपशिखा धितोपत्र कारोबार कम्पनी (ब्रोकर नं.३८)ले १ करोड ३ लाख ४२ हजार रुपैयाँ, डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिज (ब्रोकर नं. ४४)ले १ करामेड २ लाख ९ हजार रुपैयाँ, आर्यतारा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिज (ब्रोकर नं. ५७) ले १ करोड ११ हजार रुपैयाँ र एबीसी सेक्युरिटिज (ब्रोकर नं. १७)ले ८६ करोड ७५ लाख रुपैयाँ कमिसन आर्जन गरेको नेप्सेको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी कोहिनूर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (३५) ले ८५ लाख ८ हजार रुपैयाँ, क्यापिटल म्याक्स सेक्युरिटिज (६२) ले ८३ लाख ७९ हजार रुपैयाँ, नबिल स्टक डिलर (७७) ले ८२ लाख ४१ हजार रुपैयाँ, प्रिमियर सेक्युरिटिज (३२) ले ७७ लाख ६१ हजार रुपैयाँ र नेपाल स्टक हाउस (१४) ले ७५ लाख १२ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।
सुमेरु सेक्युरिटिज (३९) ले ७० लाख ९० हजार रुपैयाँ, लिन्च स्टक मार्केट (४१) ले ७० लाख ६० हजार रुपैयाँ, श्री हरि सेक्युरिटिज (५६) ले ६७ लाख ५७ हजार रुपैयाँ, कलश स्टक मार्केट (७४) ले ६३ लाख ६५ हजार रुपैयाँ र नागरिक स्टक डिलर (६०) ले ६० लाख ५३ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।
यस्तै, सबैभन्दा कम कमिसन भने मनी वर्ल्ड सेयर एक्सचेन्ज (ब्रोकर नं. ७३) ले गरेको छ । साउनमा मनि वर्ल्डले ७०५ रुपैयाँ मात्रै कमिसन आर्जन गरेको नेप्सेले जनाएको छ ।
नेप्सेको तथ्याङ्क अनुसार पाहि इन्भेस्टमेन्ट (ब्रोकर नं. ७९)ले ६२ हजार ३०९ रुपैयाँ, गरिमा सेक्युरिटिज (ब्रोकर नं. ७८)ले ४ लाख ९ हजार रुपैयाँ, ट्रेडमो सेक्युरिटिज (ब्रोकर नं. ९८)ले ५ लाख रुपैयाँ, बेनी सेक्युरिटिज (ब्रोकर नं. ९३)ले ५ लाख ८१ हजा रुपैयाँ र सजिलो ब्रोकर (ब्रोकर नं. ९०)ले ६ लाख ८८ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।
एलिट स्टक हाउस (६८) ले १२ लाख ९०२ रुपैयाँ, सगरमाथा सेक्युरिटिज (१८) ले १० लाख ९६ हजार रुपैयाँ, स्वर्ण लक्ष्मी सेक्युरिटिज (३७) ले १० लाख ८४ हजार रुपैयाँ, भोले गणेश सेक्युरिटिज (६१) ले १० लाख ७८२ रुपैयाँ र आरबीबी सेक्युरिटिज (९७) ले ८ लाख ७१ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।
