कर्मचारीको तलबभत्तामा जीवन बीमा कम्पनीले गरे ७ अर्ब खर्च

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमा कम्पनीहरूले कर्मचारीको तलबभत्तामा ७ अर्बभन्दा बढी रकम खर्चिएका छन् । 

बीमा कम्पनीहरूले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिकसम्मको वित्तीय विवरणअनुसार १४ जीवन बीमा कम्पनीले १ वर्षमा ७ अर्ब २९ लाख रुपैयाँ खर्च गरेका हुन् ।

अघिल्लो वर्ष २०८१/८२ मा कम्पनीहरूले कर्मचारीहरूको तलबभत्तामा ६ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ खर्च गरेका थिए । अघिल्लो आवको तुलनामा तलबभत्तामा गर्ने खर्च ५.०५ प्रतिशतले बढेको हो ।

एक वर्षको अवधिमा कर्मचारीको तलबभत्तामा  हिमालयन लाइफले सबैभन्दा धेरै खर्च गरेको छ । कम्पनीले कर्मचारीको तलबभत्तामा ९० करोड २७ लाख रुपैयाँ खर्च गरेको छ । 

अघिल्लो आवमा कम्पनीले ८५ करोड ९४ लाख रुपैयाँ खर्च गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको कर्मचारीको तलबभत्तामा जाने खर्च ५.०५ प्रतिशतले बढेको छ ।

कर्मचारीको तलबभत्तामा धेरै खर्च गर्ने दोस्रो कम्पनीमा नेपाल लाइफ रहेको छ । कम्पनीले एक वर्षमा ८३ करोड ९८ लाख रुपैयाँ खर्च गरेको छ । 

अघिल्लो आवमा कम्पनीले सो शीर्षकमा ८८ करोड ७४ लाख रुपैयाँ खर्च गरेको थियो । समीक्षा वर्षमा कर्मचारीको तलबभत्तामा जाने खर्च ५.३६ प्रतिशतले घटेको छ ।

त्यसैगरी, तेस्रोमा सूर्यज्योति लाइफ रहेको छ । कम्पनीले कर्मचारीको तलबभत्तामा ६८ करोड ५५ लाख रुपैयाँ खर्च गरेको छ । 

अघिल्लो वर्ष कम्पनीले ६५ करोड ७१ लाख रुपैयाँ खर्च गरेको थियो । अघिल्लो आवको तुलनामा कर्मचारीको तलबभत्तामा जाने खर्च ४.३३ प्रतिशतले बढेको हो ।

एक वर्षमा कर्मचारीको तलबभत्तामा नेशनल लाइफले ५४ करोड ६३ लाख रुपैयाँ, सानिमा रिलायन्सले ४९ करोड ४९ लाख रुपैयाँ, रिलायबल नेपालले ४७ अर्ब १३ करोड रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ४७ करोड २ लाख रुपैयाँ खर्च गरेका छन् ।

त्यसैगरी, समीक्षा वर्षमा आईएमई लाइफले ४५ करोड ६५ लाख रुपैयाँ, प्रभु महालक्ष्मीले ४४ करोड ५ लाख रुपैयाँ, सन नेपाल लाइफले ३९ करोड ४६ लाख रुपैयाँ, मेट लाइफले ३८ करोड ४२ लाख रुपैयाँ, एशिएन लाइफले ३७ करोड ८९ लाख रुपैयाँ, सिटिजन्स लाइफले ३६ करोड ९८ लाख रुपैयाँ र राष्टिय जीवन बीमा कम्पनीले कर्मचारीको तलबभत्तामा १६ अर्ब ६९ करोड रुपैयाँ खर्च गरेका छन् । 

समीक्षा वर्षमा पाँच कम्पनीले कर्मचारीको तलबभत्तामा खर्च गर्ने रकम कटौती गरेको देखिएको छ । 
null

Share News